Font   font-increse   font-dicrese

'झोले' करोड क्लब प्रवेश | एउटै वर्ष तीन फिल्मले कमाए करोड

 

कमेडी सिनेमा ‘झोले’ अन्ततः करोड क्लब प्रवेश गरेको छ । कमेडी सिनेमाले १४ दिनमा नेपाली बक्सअफिसमा १ करोड २ लाख रुपैयाँ ग्रस कमाएको वितरण कम्पनीले जनाएका छन् ।

मुलुकका ३९ पर्दाबाट दयाहाङ राई स्टारर फिल्मले यति आम्दानी गरेको हो । ‘झोले’ करोड क्लब प्रवेश गर्ने वर्ष २०७० को तेस्रो सिनेमा हो । यसैवर्ष ‘६ एकान ६’ र ‘झोला’ यो प्रतिष्ठित क्लब प्रवेश गरिसकेका छन् ।

स्वदेशमा बाँकी ३० पर्दा र ओभरसिज बजारमा रिलिज हुन लागेको फिल्मको आम्दानी अझै बढ्ने फिल्म पण्डित बताउँछन् । वितरण कम्पनी पपकर्न र मोफसल वितरक एफडीका अनुसार यसै साता थपिएका पाँच फिल्मले डिस्टर्व गरेपनि बलियो ‘वर्ड अफ माउथ’का कारण झोलेको करोड क्लब सम्भव भएको हो ।

प्रियंका कार्की अब करोड क्लबकी अभिनेत्री भएकी छन् । ४ करोड कमाएको लुटसहित झोले दयाहाङका लागि दोस्रो करोड क्लवको सिनेमा हो । चपली हाइटपछि दीपेन्द्रको दोस्रो करोड क्लब फिल्म हो । सोसल ड्रामा र कमेडी फिल्मले १० दिनमा ९३ लाख कमाएको थियो ।

55 dislike 9

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
himmatwali
Voting Poll
नेपाली सिनेमाको सर्वाधिक ठूलो चुनौति यतिबेला कुन हो ?
कथा भन्ने शैली
बजार
मनोरन्जको मूल्य