Font   font-increse   font-dicrese

ओबामाले भने -हलिउड अमेरिका चलाउने इन्जिन
मेरोसिनेमा, १२ मंसिर (काठमाडौं)

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अर्थतन्त्र चलाउने ‘इन्जिन’ र राष्ट्रिय कुटनीतिको महत्वपूर्ण हिस्सा भएको भन्दै अमेरिकी मनोरञ्जन उद्योगको प्रशंसा गरेका छन् ।

 



क्यालिफोर्नियास्थित हलिउड कम्पनी ड्रिमवक्र्स एनिमेसनको एक समारोहमा बोल्दै ओबामाले हलिउडले अमेरिका चलाएको बताए ।

उक्त स्टुडियोको आवाजले आफ्ना कानहरु प्रभावित हुने भन्दै उनले जोक्स पनि गरे । ‘तपाईं विश्वास गर्नुस वा नगर्नुस । मनोरञ्जन अमेरिकी कुटनीतिको एक महत्वपूर्ण हिस्सा हो’ उनले भने ।

‘तपाईंले विश्व संस्कृतिको आकार तुल्याउन योगदान दिनुभएको छ’ उनले भने । सहनशिलता, सिर्जनात्मक र विविधताका मूल्यलाई हलिउडले संसारभर निर्यात गरिरहेको ओबामाले बताए ।

गेस हु इज कमिङ टु डिनर, द म्यारी टेलर मुर्रे सो, विल एन्ड ग्रेस, मोर्डन फ्यामिलीजस्ता फिल्मले हलिउडको गौरवमय लिगेसीलाई निरन्तरता दिएको ओबामाले बताए । तर, टेलिभिजन सोजमा देखाइने बन्दुक हिंसाले अमेरिकी समाजमा खराब असर पारेको उनको गुनासो छ ।

उपराष्ट्रपति जोन बिडेनले अमेरिकी बच्चाहरुलाई सुरक्षित तुल्याउन हलिउडले कस्तो भूमिका खेल्न सक्छ भन्ने बारे बुझ्न प्रतिष्ठित निर्देशकसँग भलाकुसारी गरेको पनि ओबामाले बताए । ‘हामीले भन्ने कथाहरुबारे गम्भिर बहस जरुरी छ’ उनले भने ।

‘यस्तो तर्क गर्दा हामी अभिव्यक्ति स्वतन्त्रताप्रति पनि प्रतिबद्ध छौं’ उनले भने ।

‘तपाईं विश्वको जुनसुकै कुनामा जानूस, कुनै बच्चाले मादागास्करको टिसर्ट लगाएको देख्नुहुनेछ । तपाईंले भन्न सक्नुहुनेछ –सुपरहिरोको शक्ति तपाईंसँगै हुनेछ । तपाई के भन्दै हुनुहुन्छ, त्यो बच्चालाई थाहा भैसकेको हुनेछ’ ओबामाले हलिउडको प्रशंसा गर्दै भने –‘तपाईंलाई धन्यवाद छ, दसौं लाख ती व्यक्ति जसले अमेरिकी भूमिमा पाइला टेकेका छैनन् । तपाईंले फिल्ममार्फत हाम्रो देश कस्तो छ भनेर उनीहरुलाई पनि महसुस दिलाउनुभएको छ ।’

आफूलाई हलिउड कम्पनीमा काम गर्न इच्छा लागेको भन्दै ओबामाले ठट्यौली व्यक्त गरे, ‘यहाँका कार्यालयका बत्ती मधुरा छन् । मलाई यहीँको बिछ्यौनामा सुत्न मन लागेको छ ।’

‘म आज यहाँ उभिएको छ भने किनभने हलिउड अमेरिकी अर्थतन्त्रको इन्जिन हो’ ओबामाले थपे, ‘ड्रिमवक्र्स मात्र होइन हलिउडका डिज्ने, वार्नर ब्रोज, युनिभर्सल कम्पनीको पुस्ता यही सपनासँगै हुर्केको छ । तपाईं जब न्यूयोर्कको पैसा सोच्नुहुन्छ । मध्यपश्चिमको अटो उद्योग र उत्तर क्यालिफोर्नियाको प्रविधि सोच्नुहुन्छ । मनोरञ्जन पनि हाम्रो देशको महत्वपूर्ण हिस्सा हो ।’

राष्ट्रपतिले रोजगारको वृद्धि गर्न पनि हलिउडलाई आग्रह गरे ।

‘रोजगार र उद्योगको विश्व्यापी प्रतिस्पर्धामा हामीले अरुभन्दा सिर्जनात्मक क्षेत्रमा राम्रो गर्न सक्छौं । किनभने सिर्जनालाई कपि गर्न सकिँदैन’ ओबामा भन्छन्, ‘नयाँ बजार र प्रविधिका साथ फिल्म, टेलिभिजन र संगीत उत्पादन गर्ने राम्रो स्थान अहिलेसम्म संयुक्त राज्य अमेरिकामा बाहेक संसारमा अन्त कहिँ छैन ।’

सम्बोधनका क्रममा ओबामाले सिकागोका दिवंगत फिल्म समिक्षक रोजर एबर्टको भनाई सम्झिए –मेरा सबै राजनीतिक विश्वास र इमान्दारितामा दया अवश्य हुन्छ ।’ यो उक्ति अनुसार आफू चलेको उनको भनाई छ ।

10 dislike 1

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.