Font   font-increse   font-dicrese

चलचित्र विकास बोर्डको गाडीमा आक्रमण र आगजनी

अज्ञात समूहले चलचित्र विकास बोर्डको गाडीमा आगजनी गरिदिएको छ । नेकपा माओवादीको देशब्यापी आमहड्तालको पूर्वसन्ध्यामा बोर्डको गाडीमाथि आक्रमण भएको हो ।

 



चारबजेतिर मुख छोपेका चारजनाको समूहले गाडीमा ढुंगा प्रहार गरि आगो लगाइदिएको अध्यक्ष धर्मेन्द्र मोरवैताले जानकारी दिए । आगजनीबाट गाडी पूर्णरुपमा क्षति पुगेको छ । बोर्ड परिसरमा गाडी पार्किङ गरिएको थियो ।

आगलागीबाट गाडीका सिसा फुटेका छन् भने पछाडिका सिटहरु नष्ट भएका छन् । आगोलाई नियन्त्रणमा लिइएको छ । घटनापछि प्रहरी बोर्ड पुगेर घटनाबारे अनुसन्धान गरिरहेको प्रवक्ता अनुपम निरौलाले बताए ।

आक्रमणका क्रममा अध्यक्ष मोरवैता बाहिर रहेकाले जोगिएको बताइएको छ । आक्रमणकारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

7 dislike 55

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Diarry
Voting Poll
Sorry, voting poll not found.