Font   font-increse   font-dicrese

अमेरिका बन्दले हलिउड कसरी प्रभावित हुन्छ ?
मेरोसिनेमा, १५ असोज (काठमाडौं)

अमेरिकी फिल्म प्रदर्शकको छाता संस्था नेसनल एसोसियसन अफ थिएटर ओनर्सले अमेरिका बन्दलाई लिएर मंगलबार आफ्ना सदस्य र सांसदबीचको महत्वपूर्ण बैठक बोलाएको छ ।

 



रोचक त के छ भने अक्टोबर १ मा मात्र ७५ बैठक डाकिएको छ । ओबामाको स्वास्थ्य नीतिलाई लिएर रिपब्लिकन सांसदले बजेट पारित नगरिदएपछि अमेरिकी सरकारको कामकाज मंगलबारदेखि ठप्प छ । सरकारलाई ठूलो राजस्व तिर्ने हलिउडले यसप्रति ध्यानाकर्षण गराएको हो ।

यदि यो स्वास्थ्य नीति पारित भयो भने बहिरा र दृष्टिविहिनलाई कसरी फिल्म देखाउन सकिन्छ र प्रस्तावित ओबामा केयरले हलिउडलाई कसरी प्रभावित तुल्याउँछ भन्ने बारे संघले अमेरिकी कंग्रेसम्यानसँग छलफल गर्न लागेको हो ।

फिल्म हलमा हप्ताको ३० घन्टा काम गर्नेलाई पूर्णकालिन रोजगारीको सूचिमा राखेपछि प्रदर्शक संस्था सरकारविरुद्ध क्रुद्ध छ । उसले ४० घन्टालाई रोजगारीको पूर्णकालिन समयावधी तोक्न भनेको छ । सरकारको यस्तो नीतिले सिनेमा हलमा काम गर्ने रोजगारी खोसिने भन्दै संस्थाले त्यसो नगर्न कंग्रेसम्यानलाई आग्रह गर्दैछ ।

प्रदर्शक संस्थाका अनुसार अमेरिकाका कूल डिजिटल पर्दामध्ये ५३ प्रतिशत अर्थात १८ हजार पर्दामा बहिरा र दृष्टिविहिनलाई सजिलो हुने गरि फिल्म हेर्न र जान्न मिल्ने तरिकाले प्रविधि उपलब्ध छ । संस्थाले फिल्मको रेटिङ प्रणालीलाई गैरतलबीरुपमा सेवा दिन भनेको छ ।

संस्थाका अध्यक्ष जोन फिटियानले हलिउड रिपोर्टरलाई भने, ‘राजनीतिक दलबीचको अति राजनीतिकरणले प्रजातान्त्रिक अभ्यास रोकिने हो कि भनेर हामीलाई चिन्तित तुल्याएको छ ।’

2 dislike 0

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.