Font   font-increse   font-dicrese

पर्दाबाट किन हराए सुपरहिरोइन ?
बीबीसी, ३१ भदौ काठमाडौं

 

यो वर्ष सुपरहिरो र कमिक्स चरित्रमाथि बनेका फिल्मका लागि उल्लेखनिय रह्यो । आइरनम्यान, सुपरम्यान र वुल्भरिनजस्ता चरित्र संसारलाई जोगाउन मात्र कुशल छैनन्, दर्शकलाई सिनेमा घरसम्म आकर्षित गर्न पनि माहिर लाग्छन् ।

२०११ को हिट फिल्म ‘थोर’को यसवर्ष रिलिज हुने सिक्वेल ‘थोर दि डार्क वल्र्ड’ पनि हिट हुने अनुमान गरिएको छ ।

हलिउडमा कमिक्समाथि बनेका फिल्मको महत्व अझै बढ्ने अनुमान गरिएको छ । तर, यी चरित्रमा महिला पात्रको संख्या निकै कम छ ।

गिनेथ पाल्ट्रव (आइरन म्यान), एमी एडम्स (सुपरम्यान), नाटाली पोर्टम्यान (थोर)का सुपरहिरो फिल्म यो वर्ष रिलिज हुँदैछन् ।

गिनेथ (सेक्सपियर इन लव) र नाटाली (ब्ल्याकस्वान)ले आफ्नो शानदार अभिनयबाट अस्कर जितिसकेका छन् । एमीलाई पनि उनको फिल्म ‘जुनवग’का लागि अस्कर मिलिसकेको छ ।

खतरनाक कमजोरी


सशक्त र प्रभावशाली महिला पात्र हुनुको बाबजुद फिल्ममा यी नायिकाको मुख्य काम फिल्मको पुरुष अभिनेताको मिसनमा मद्दत गर्नुमात्र रहेको छ ।

क्यानडाको पत्रिका दि नेसनल पोस्टकी नतालिया एटकिंसन भन्छिन्, ‘कमिक्समाथि बनेका फिल्ममा धेरै महिला पात्र हिरोका सहायक हुन्छन् या फिल्ममा रोमान्टिक कथाका लागि प्रयोग गरिन्छन् ।’

कतिपय बेला यी महिला पात्र खलनायिका हुन्छन् भने कतिबेला हीरोको खतरनाक कमजोरी । पेपर पट (गिनेथ) जस्ता फिल्ममा महिला पात्रको भूमिका महत्वपूर्ण हुने गर्छ । तर, यो फिल्ममा पनि नायिकालाई नायकको खाँचो पर्छ ।’

फिल्मको यस सीमाबारे बहसमा फिल्म पत्रिका अम्पाएरसँग सम्बन्धित जुडी हेलेन ओ हारा भन्छिन्, –यसको सबैभन्दा ठूलो कारण भनेकै यी फिल्म निकै लोकप्रिय कमिक्स चरित्रका पुरुष पात्रमाथि निर्माण भएर हो ।’

अचम्मका महिला


लोकप्रिय महिला कमिक्स चरित्रका पात्रको कमी छ्रैन । तर, वन्डर वुमनजस्ता निकै सफल महिला चरित्रले गरेको सिनेमालाई पनि ब्याटम्यान या सुपरम्यानजस्ता पुरुष कमिक्स चरित्रजस्तो सफलता मिल्न सक्दैन ।

दि एभेन्जर निर्देशक जस वेडनले केही वर्षअघि वन्डर वुमनमा आधारित सिनेमाको पटकथा पनि लेखेका थिए तर वार्नर ब्रदर्सका अधिकारीले त्यो चरित्रलाई खारेज गरिदिए ।

कार्टूनिस्ट डियान टबलिन भन्छिन्, –अब हामी दोस्रो वा तेस्रो सुपरहिरो चरित्रका पात्रको फिल्म बनाउनतिर पनि लाग्नुपर्छ । तर, यी मुख्य चरित्रमाथि फिल्म नबन्नुको मुख्य कारण उनीहरु महिला हुनु हो । तर, वन्डर वुमनजस्ता रमाइला र फेन्टासी पात्रलाई पनि पुरुषले मन नपराउँदा छक्क छु ।’

फिल्म आलोचक मेरी एन्न जोहनसन भन्छिन्, –जुन कारणले मुख्यधारामा महिला प्रधान फिल्म कम बन्छन्, उसैगरि कमिक्समा पनि महिला चरित्रमाथि कम फिल्म बन्छन् ।’

हलिउड निर्माताहरुले यतिबेला किशोर वा युवावर्गलाई लक्षित गरेर मात्र आफूहरुले फिल्म बनाइराखेको दाबी गर्छन् । हलिउडलाई लाग्दैन कि दर्शक महिला वा सुपरहिरो फिल्म हेर्न चाहन्छन् ।’

बक्सअफिस
हलिउडमा युवावर्गले नै फिल्म हेर्छन् भन्ने मान्यता पुरानो भैसक्यो । जब कि मोसन पिक्चर अफ अमेरिकाको एक आँकडा अनुसार वास्तविकतामा दर्शकको कूल संख्यामा ५२ प्रतिशत महिलाले फिल्म हेर्छन् ।

सुपरवुमनको अन्तिम फिल्म २००५ को इलेक्ट्रा थियो । यस फिल्मकी नायिका थिइन् जेनिफर गार्नेर । यो फिल्म पनि २००४ को हेल बेरीको सिनेमा क्याटवुमनजस्तै बक्सअफिसमा असफल भएको थियो ।

टबलिन अगाडि भन्छिन् –हलिउड इलेक्ट्रा र क्याटवुमनलाई आधार बनाएर महिला चरित्र मुख्य भएका फिल्म असफल भएको मान्छ ।

0 dislike 0

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.