Font   font-increse   font-dicrese

निकिता पौडेल र प्रबल गुरुङलाई एक्सिलेन्स अवार्ड | राष्ट्रपतिले प्रदान गरे

दुई नेपाली सेलेव्रिटी तथा व्यवसायी प्रवल गुरुङ र निकिता पौडेलले यसवर्षको एक्सिलेन्स अवार्ड जितेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले वर्षेनी प्रदान गर्ने एफएनसीसीआई एक्सिलेन्स अवार्ड मंगलबार एक समारोहमा राष्ट्रपति रामवरण यादवले प्रदान गरे ।

 

निकिता पौड्याल र प्रवल गुरुङ । तस्विर –मेरोसिनेमा



प्रवल हलिउडका नेपाली फेसन डिजाइनर हुन् भने निकिता गोपिकृष्ण इन्टरटेनमेन्ट, गोपिकृष्ण मूभिज र चलचित्र विकास संस्थानकी प्रमुख हुन् । प्रवलले पुरुषतर्फ योङ अचिभर्स विधा र निकिताले महिलातर्फ उक्त विधामै अवार्ड जितेका हुन् । नेपाली कर्पोरेट क्षेत्रमा यसलाई मुलुककै ठूलो अवार्ड मानिन्छ ।

मुलुकको अर्थतन्त्रमा योगदान दिने कम्पनी र व्यवसायीलाई महासंघले अवार्ड प्रदान गरेको हो । यसैवर्षदेखि थपिएको युवा उद्यमीको सम्मान प्रवलले पाएका हुन् । यद्यपी, प्रवल राष्ट्रपतिको हातबाट अवार्ड थाप्न भने आएनन् । निकिता यसै महिनादेखि गोपिकृष्ण ब्रान्डको अध्यक्षमा नियुक्त भएकी हुन् ।

38 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.