Font   font-increse   font-dicrese

फेसनको नाममा अश्लिलता फैलाउने हिरोइन
मेरोसिनेमा, १७ असार (काठमाडौं)

फ्रेन्च अभिनेत्री फ्रेडिक बेलको पारदर्शी पहिरनका कारण कान्स महोत्सवमा सबैको नजर उनीमाथि परेको थियो । फिल्म ‘द ग्रेट गाटस्वी’ प्रिमियरमा पुगेकी फ्रेडिकले चलाखीपूर्ण ढंगबाट मिडियाको लाइमलाइट पनि चोर्न सफल रहिन् ।

तर, यी फ्रान्सेली हिरोइनको फेसन स्टन्ट संसारका अन्य अभिनेत्रीको तुलनामा केही पनि होइन । चर्चित गायिका रिहाना हालै हलिउडको एक नाइट क्लवमा पारदर्शी पहिरन लगाएर गइन् । भित्री लुगा लगाउन नरुचाउने रिहानाको यो गेटअप गसिप बनाउन चाहनेका लागि पर्याप्त थियो ।

अमेरिकी गायिका, अभिनेत्री र गीतकार निकी मिनाज २०११ को एमटिभी मुभी अवार्डमा केवल ब्रा मात्र लगाएर पुगिन् । निकीले लगाएका पहिरनले उनका भित्री अंगलाई छोप्न सकेका थिएनन् ।

अंग्रेजी मिडिया पर्सनालिटी, बडिविल्डर तथा ग्ल्यामर मोडल जोडी मार्स सन् २००८ मा आफ्नो ३० औं जन्मदिनमा एनिमल प्रिन्टेड ड्रेस लगाएर आइन् । जो शरिर ढाक्न औपचारिकता मात्र प्रतीत भएको थियो । केही यस्ता हिरोइनका तस्विर हेरौं ।

 

 

 

 

 

 

 

 

 

 

0 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.