Font   font-increse   font-dicrese

नयाँ गर्लफ्रेन्डसँग देखिए सलमान
मेरोसिनेमा, १६ असार (काठमाडौं)

सलमान खानको लभ अफेयर पछिल्लो दिनमा चर्चामा छ । हल्लाहरुलाई विश्वास गर्ने हो भने रोमानियाली अभिनेत्री लुलिया वेतुंरसँग सलमानको अफेयर चलिरहेको छ र पछिल्ला दिनमा उनी सलमानकै मुम्बइस्थित घरमा छिन् ।

 

 

 

 

 

सलमान उनकी नयाँ गर्लफ्रेन्ड लुलियासँग । तस्विर –एजेन्सी ।


तर, सलमानले यसबारे कुनै प्रतिक्रिया र टिप्पणी गरेका छैनन । बरु, लुलिया आफ्नी नजिककी साथी भएको भनेका छन् ।

यी हल्ला र अफवाह चलिरहँदा सलमान पहिलोपटक लुलियासँग सार्वजनिक स्थानमै देखिए । दुवैजना हालै हैदरावाद एयरपोर्टमा देखिए । सलमान आफ्नो पछिल्लो सिनेमा ‘मेन्टल’को सुटिङका लागि त्यसतर्फ जाँदै थिए ।

एक प्रत्यक्षदर्शीका अनुसार दुवैजना सँगै एयरपोर्ट पुगेका थिए तर मिडियालाई छल्न दुवैजना अलग अलग बाहिर निस्किएका थिए । त्यहीबेला मिडियाको नजर उनीमाथि पुग्यो ।

सलमानले लुलियाका लागि एक विलासी होटलमा कोठा बुकिङ गर्न पुगेका थिए तर, एउटा ट्याक्सी लिएर उनी बाहिर निस्किए ।

13 dislike 4

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Samrakshyan
Voting Poll
Sorry, voting poll not found.