Font   font-increse   font-dicrese

किमले जन्माइन गएराती बच्चा
युएस म्यागजिन, २ असार

यो साता हलिउड सोसलाइट किम कार्दसिन प्रेगनेन्सी तस्विरका कारण निकै चर्चामा रहिन । उठेको भुँडी र स्टाइलले गसिप ट्याब्लोइड र पोर्टल किममय भयो यसपाली । उनै किमले गएराती (शनिबार) छोरी जन्माएकी छन् ।

 

किम कार्दसिन । तस्विर –द सन


केनी वेस्टकी गर्लफ्रेन्डले बभेर्ली हिल्सस्थित क्याडर्स सिनाइ मेडिकल सेन्टरमा शिशु जन्माइन् । स्रोतले युएस म्यागजिनलाई भन्यो –किमले बच्चा जन्माइन् । पाँच साता पहिल्यै उनले डेलिभरी गरिन् । अन्तिम रात उनी प्रसव पीडाले छट्पटिइन् र तुरुन्तै हस्पिटल लगियो । अहिले उनी रमाइरहेकी छन् ।’

उनका ब्वाइफ्रेन्ड केनीले आफ्नो पछिल्लो एल्बमबारे आयोजना गरिएको एक प्राइभेट सेरेमोनीलाई छाडेर किमलाई लिएर हस्पिटल गएका थिए । केनी कार्यक्रममा नगएपछि उनका फ्यानहरू निराश भएका छन् । केनीले हस्पिटल पुगेपछि किमको डेभिलरी बाहिर आएको हो ।
 

0 dislike 0

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.