Font   font-increse   font-dicrese

राजेन्द्र खड्गी पक्राउ, मानव बेचबिखनको आरोप

 द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी मानव बेचबिखन आरोपमा पक्राउ परेका छन् । उनलाई प्रहरीले गत विहिबार परेको उजुरीका आधारमा छानविनका लागि पक्राउ गरेको हो । खड्गी अहिले हिरासतमा छन् । 

 

 

 
प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले उनलाई ठमेलबाट पक्राउ गरेको हो । सीआइबी प्रवक्ता जीवन श्रेष्ठका अनुसार खड्गीलाई पाँच दिनका लागि हिरासतमा लिइएको हो । 
 
सांस्कृतिक कार्यक्रम र डकुमेन्ट्री खिच्न भन्दै ११ जनालाई दक्षिण कोरियामा लगेर छाडेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । प्रहरीका अनुसार खड्गीले प्रत्येकबाट १० लाखभन्दा बढी असुलेका छन् । 
 
खड्गीलाई यसअघि अमेरिका र युरोप लैजान्छु भनेर युवाहरु ठगी गरेको आरोप समेत लागेको थियो । 
0 dislike 0

Facebook Comments
Padmaavat
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
sher bahadur
Voting Poll
Sorry, voting poll not found.