Font   font-increse   font-dicrese

बिपिन कार्की स्टाइल कपाल काट्नूस, 'नाका'बाट पुरस्कार जित्नूस

नाका बिपिन कार्की र उनको स्टाइलले चर्चित छ । पात्र विविधता रुचाउने कार्की यसमा गोल्डी भूमिकामा छन् । उनको हेयर स्टाइलले टीजर रिलिजदेखि नै दर्शकीय चासो प्राप्त गरेको थियो । 

 

 

 
निर्माताले कार्की स्टाइलमाथि प्रवद्र्धन अभियान चलाउने घोषणा गरेका छन् । उनकै जस्तो हेयर स्टाइल बनाउने दर्शकलाई पुरस्कृत गरिने भएको छ । प्रतियोगिताको नाम छ ः गोल्डी हेयरस्टाइल कन्टेस्ट । 
 
सबै उमेर समूहका प्रतिस्पर्धीले रिलिज डेटसम्म निर्मातालाई फिल्मको फेसबुक पृष्ठ वा इमेलमार्फत गोल्डी हेयर स्टाइलको तस्विर पठाउन सक्नेछन् । मोफसलमा फागुन १७ र काठमाडौंमा फागुन १८ मा सिनेमा रिलिज हुँदैछ ।
 
 
 
 
 
प्रतियोगिताका लागि निर्माण कम्पनीले नेपाल नाइँ संघका अध्यक्ष राजाराम ठाकुरसँग सम्झौता गरेको छ । संघ मातहतका देशभरका सैलुनमा गोल्डी हेयर कट् सुविधा लिन सकिनेछ । विजयी हुनेले कलारकासँग डिनर वा लन्च र गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नेछन् । 
 
अमित श्रेष्ठ निर्देशित र प्रवीण टक्की कार्की निर्मित सिनेमाले नेपाल चीन सीमाको तातोपानी नाका बन्द भएपछि आर्थिक अभावमा गस्त दुई स्मगलर पात्रले तिब्बति पर्यटकलाई गाइड गरेको संघर्षपूर्ण कथा भन्छ ।  
 
7 dislike 0

Facebook Comments
Padmaavat
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
sher bahadur
Voting Poll
Sorry, voting poll not found.