Font   font-increse   font-dicrese

'जय भोले' भर्सेस 'छक्का पञ्जा ३' : प्रतिष्ठाको भीडन्त

 आगामी दशैं फूलपाति अर्को महत्वपूर्ण भीडन्तका लागि रेडी छ । दुई सिनेमाले उक्त मितिलाई एड्भान्स बुक्ड गरिसकेका छन् । छक्का पञ्जा तेस्रो सिक्वेल र अशोक शर्माको कमब्याक भेन्चर जय भोले । 

 

 

 
विहिबार राजधानीमा आयोजित प्रेसमिटमा जय भोलेले फूलपातिलाई औपचारिक रिलिज डेटको रुपमा तय गरेको छ । छक्का पञ्जाले तेस्रो सिक्वेल उक्त मितिमा आउने जानकारी पहिल्यै दिएको हो । 
 
दुबै सिनेमाको छायांकन सुरु भएकै छैन तर रस्साकस्सीले माहौल तातिएको छ । उक्त मितिमा आफू सोलो आउन निर्माताले पहल थालेका छन् । पोडियममा बोल्दै निर्माता शर्माले वार्ताको टेबुलबाटै को सर्ने वा नसर्ने भन्ने कुरा निक्र्यौल हुने बताए । 
 
उक्त डेटका लागि अहिल्यैदेखि हलसँग लिखित सम्झौता थालिएको शर्माले जनाए । उनले उक्त मितिमा आउने हो भने छक्का पञ्जा ३ लाई शुभकामना समेत दिए । प्रमुख मल्टिप्लेक्स क्यूएफएक्स सिनेमाज् र वितरक मनोज राठी एवं उद्धव पौडेल समेत सो अवसरमा थिए । 
6 dislike 1

Facebook Comments
Padmaavat
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
sher bahadur
Voting Poll
Sorry, voting poll not found.