Font   font-increse   font-dicrese

'डमरुको डन्डीबियोँ' टीजर पोस्टरमा खगेन्द्रको स्पोर्टी लुक्स

 खगेन्द्र लामिछाने र मेनुका प्रधान स्टारर सिनेमा 'डमरुको डन्डिबियोँ'को टीजर पोस्टर लन्च भएको छ । जारी दुई नयाँ पोस्टरमा लामिछानेलाई डन्डिबियो प्लेयर स्वरुपमा देख्न सकिन्छ । 

 

 

 
उनी पोस्टरमा पूर्णतः स्पोर्टी महसुस छन् । पोस्टरमा चाँडै सिनेमा सार्वजनिक हुने उल्लेख छ । रिलिजबारे केही उल्लेख छैन । समृद्धि इन्टरटेनमेन्ट ब्यानरमा बनेको सिनेमालाई छेतेन गुरुङले लेखेका हुन् । 
 
 
 
 
अनुप बराल, बुद्धि तामाङ, अंकित खड्का, अशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्रि थापा लगायतको अभिनय छ । यसअघि पशुपतिप्रसाद, टलकजंग भर्सेस टुल्के र धनपति लेखिसकेका अभिनेता लामिछानेले नै फिल्म लेखेका हुन् । 
 
कालिप्रसाद बाँस्कोटाको संगीत, हरि हुमागाइँको छायांकन र प्रितम पाण्डेको सम्पादन रहेको सिनेमालाई विनोद गुरुङ र सुमी श्रेष्ठ घलेले निर्माण गरेका हुन् । 
 
10 dislike 0

Facebook Comments
Padmaavat
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
sher bahadur
Voting Poll
Sorry, voting poll not found.