Font   font-increse   font-dicrese

'मिस्टर झोले' बक्सअफिसमा प्रभावशाली, प्लेक्स र सिंगल दुबैमा अकुपेन्सी उच्च

दयाहाङ राई र दीया पुन मल्टिस्टारर सिनेमा 'मिस्टर झोले'ले घरेलु बक्सअफिसमा उत्साहजनक ओपनिङ गरेको छ । कलेक्सन आइतबार सार्वजनिक गर्ने तयारीमा छन् निर्माता ।  

 

 

 
प्लेक्स र सिंगल स्क्रिनको अकुपेन्सी ७० देखि शतप्रतिशत छ । काठमाडौंसहित मोफसलबाट समेत सुखद विवरण प्राप्त भैरहेको निर्माता टेकेन खड्काले बताए । 
 
‘चिसोले बिहानी सोजमा दर्शक कम भएपनि दिउँसो र अपरान्हको सोज हाउसफूल छन्’ खड्काले भने, ‘शुक्रबार र शनिबार दुबै दिनमा दर्शकीय आगमन उच्च रह्यो ।’ पोखरा, नारायणगढ र पूर्वीय टेरिटोरीका हलमा समेत फिल्म राम्रो चलेको उनले जनाए । 
 
यस साता ठूला फिल्म रिलिज नभएको फाइदा समेत मिस्टर झोलेले उठाएको छ । ग्रामिण कथावस्तु र कमेडी तत्वलाई दर्शकले रुचाएको निर्माताले जनाए । डेढ करोड बजेटमा बनेको बताइएको सिनेमामा बुद्धि तामाङ, वर्षा राउत, प्रवीण खतिवडा, पुष्कर गुरुङ, अरुणा कार्की लगायत पनि छन् । रामबाबु गुरुङ निर्देशित सिनेमालाई सिनेमा आर्ट्स र टेकेन खड्का प्रोडक्सनले निर्माण गरेको हो । 
29 dislike 0

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.