Font   font-increse   font-dicrese

प्राविधिक इन्द्र लामालाई उपचारार्थ अर्थ सहयोग

बरिष्ठ प्राविधिक इन्द्र लामालाई उपचारार्थ आर्थिक सहयोग जुट्ने क्रम जारी छ । शुक्रबार नेपाल चलचित्र प्राविधिक संघको अगुवाइमा १ लाख २३ हजार रुपैयाँ नगद लामालाई बुझाइयो ।

 

 

 

 

 
अभिनेता राजेश हमालले आयोजित एक च्यारिटी समारोहमा लामालाई अर्थ सहयोग हस्तान्तरण गरे । राजधानीको बनस्थलीमा सम्पन्न एक सांस्कृतिक कार्यक्रममा समेत विभिन्न कलेज र व्यक्तिले ७६ हजार पाँच सय नगद संकलन गरे । 
 
नेफ्टाबाट संकलित ४७ हजार ५ सय र च्यारिटीबाट जुटेको ७६ हजारसहित कूल १ लाख २३ हजार पाँचसय रुपैयाँ हमालसहित संघका अध्यक्ष पुष्कर लामा र अभिनेता सुमन सिंहले उपचारार्थ सहयोग हस्तान्तरण गरे । 
 
हमालले आफू सदैव प्राविधिकको हकहितमा जुट्ने बताए । उनले लामाको स्वास्थ्य लाभको समेत कामना गरे । 
 
मेकअप आर्टिस्ट लामा लामो समयदेखि मृगौला, मधुमेह लगायतका रोगबाट पीडित छन् । ३५ वर्ष लामो फिल्म करियरमा उनले ३ सयभन्दा बढी सिनेमामा मेकअप म्यानको रुपमा काम गरे । उनी नेफ्टाका साधारण सदस्य समेत हुन् । प्राविधिकको स्वास्थ्य समस्यालाई ख्याल गर्दै आकस्मिक कोष खडा गरेको अध्यक्ष लामाले बताए । 
5 dislike 0

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.